विश्व विचारको कमीमा छ। यस संसारको जटिल गतिशील प्रणालीहरू उल्टाउन मिल्दैन -- समस्या समाधान गर्न नयाँ विचार आउन आवश्यक छ। पुराना विचारहरू ले दिशानिर्देश दिन मात्र सक्छन। यस संसारको समस्या तर्कात्मकताको कमी होइन (हामी पहिले भन्दा धेरै तर्कनिष्ठ छौं): यो तर्कात्मकता मा विश्वासको कमी हो।
विज्ञान संग, तर्कात्मकताले धेरै समस्याहरू समाधान गर्छ भन्ने अपेक्षा थियो। विशेषगरी युरोपमा मानव जीवनबाट धर्म बिस्तारै लोप हुँदै गयो। यसलाई त्यसबेला एउटा सकारात्मक दृष्टिकोण ले हेरियो।
तर, यसले तर्कात्मकतामा को अर्थ के हो त्यस क्षेत्रमा अनावश्यक हठधर्मिता ल्यायो। तर्कात्मकता एकल उपाय होइन, यो रैखिक छ र अनगिन्ती मानव समस्याहरू हल गर्दैन। समय साथै, दर्शन संगठित प्रचार मा बदलियो, र कसैले समस्याहरूका लागि कुनै व्यावहारिक समाधान प्रस्तुत गर्न सकेन । समाज अनन्त युद्धको चरणमा प्रवेश गर्यो ।
"अन्य" सँग युद्ध ले उत्तरआधुनिक जीवनलाई केही अर्थ दिन्छ र व्यक्तिलाई छद्म-दार्शनिक खोज प्रदान गर्दछ। वास्तवमा केहि नगर्दा पनि केहि गरि राखेको छु भन्ने सोचले नै मानिसलाई निराशाजनक शून्यवादबाट टाढा राख्छ। तर यो विचार दिगो हुन सक्दैन। हामी बहुमूल्यको बारेमा चर्चा गरेर आफैलाई भिन्न बनाउन भन्ने क्रममा बढेका छौं, तर हामी धेरै वेगले सामान्य र साधारिता तिर गका छौ।
यहाँ कुनै सौन्दर्य छैन, यहाँ मनोरञ्जन छ। यहाँ कुनै बहस छैन, यहाँ संस्कृतिक युद्धहरू छन्। यहाँ कुनै सुधार छैन, यहाँ एक अवस्थाबाट अर्को अवस्थामा आवधिक जम्पहरू छन् । अनियमित आशा संग कि यो हिजो भन्दा राम्रो हुन्छ।
.